सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप दुर्घटना, ४ जनाको मृत्यु
सुर्खेत – सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेत-दैलेख खण्डको वीरेन्द्रनगर-१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भएको हो ।
पाँच जना यात्रु सवार रहेको जीप बिहीबार बिहान २ बजे दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ ।
जीप सडकदेखि करिब एक सय मिटर तल खसेको थियो ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।