भीमफेदी कार दुर्घटना : मृतककोे संख्या ३ पुग्यो


मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा भएको कार दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

उनीहरुको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक बालिका र दुई पुरुष छन् ।

उनीहरुको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । घाइते दुवैजना महिला हुन् । उनीहरुको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पनि पहिचान खुल्न बाँकी रहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

डिएसपी भण्डारीका अनुसार काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा. ६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट करिब दुई सय ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।

 

प्रतिक्रिया