बुवा मजदुरी गर्न भारतमा, यता घरखर्चका लागि यार्सा टिप्न गएकी छोरी अस्ताइन्


रुकुम पश्चिम- यार्सागुम्बा टिप्ने क्रममा लेक लाग्दा रुकुम पश्चिमकी एक युवतीको मृत्यु भएको छ ।

आठबिसकोट नगरपालिका- ४ गोतामकोट की २२ वर्षीया जमुना विष्टको सोमबार राति डोल्पाको काईके गाउँपालिकामा मृत्यु भएको आठबिसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले जानकारी दिइन् ।

उनले भर्खरै कक्षा १२ को परीक्षा दिएकी थिइन् । उनका बुवा घरमा रोजगारीको लागि भारतमा छन् ।घरखर्चको लागि यार्सा टिप्न  भन्दै उनी बहिनीलाई साथमा लिएर जेठ ९ गते लेकतिर लागेकी थिइन् । तर, बिरामी परेर उनले बाटोमै ज्यान गुमाएकाे उपप्रमुख शाहीले जानकारी बताइन् ।

बहिनी सरस्वतीलाई साथमै लिएर घर फर्किँदै गर्दा डोल्पाको नाउरेमा पुगेपछि उनी लेक लागेर बिरामी परेकाे बताइएकाे छ ।  समयमै उपचार नहुँदा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया