कांग्रेस संसदीय दलको बैठक आज बस्दै


काठमाडौं — नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (मंगलबार) बस्दैछ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अहिले बिहान ११ बजे बैठक बस्ने जनाए । उनका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया