

काठमाडौं महानगरविरुद्ध न्यूरोडका स्थानीय सडकमा

काठमाडाैं- न्यूरोड क्षेत्रको सडकलाई साँघुरो बनाउन लागिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र)ले अगाडि बढाएको योजनाको उनीहरूले सोमबार विरोध गरेका हुन् ।
‘नयाँ सडक बचाऊ’ भन्ने ब्यानर लिएर स्थानीय विरोधमा उत्रिएका थिए । यही विषयलाई लिएर महानगरपालिका र सडक विभागबिच समेत विवाद देखिएको थियो ।
महानगरपालिकाले अनुमति बिना न्युरोडको सडक काट्ने काम गरेको भन्दै विभाग अन्तरगतको डिभिजन कार्यालयले महानगरको सडक काट्ने मेसिन जफत गरेको थियो । त्यसैको बदलामा मेयर बालेन शाहले विभागको कार्यालय अगाडि एक ट्रक धुलो लगेर फाल्न लगाएका थिए ।

