उत्कृष्ट प्रहरी निरीक्षकलाई कुलानन्द स्मृति पुरस्कार प्रदान


काठमाडाैं- प्रहरी निरीक्षक पवन कुमार परियारलाई कुलानन्द स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ ।

शुक्रबार नेपाल प्रहरीको प्रहरी निरीक्षक तालिम र ११८२औं दीक्षान्त समारोहमा प्रथम हुने प्रशिक्षार्थी परियारलाई पुरस्कार प्रदान गरिएको हो । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गरेका हुन् ।

नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकलाई उक्त पुरस्कार प्रदान गरिन्छ ।

 

प्रतिक्रिया