लेकसाइडको स्पाबाट ५ बालिकाको उद्धार


पोखरा- पोखराको लेकसाइड क्षेत्रमा सञ्चालित स्पा (मसाज) सेन्टरले बालिकालाई काम लगाउने गरेको फेला परेको छ ।

स्पामा काममा लगाइएका ५ जना बालिकाको शुक्रबार उद्धार गरिएको हो । नेक्टर इको स्पाबाट ३ जना, पञ्चासे स्पा एण्ड पार्लर र नमस्ते वेलनेस स्पाबाट १/१ जना बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।

बालिकाको उद्धार गरेर थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया