बेलायती प्रधानमन्त्रीलाई अभिनेत्री मनीषाले दिइन् सगरमाथा पदयात्राको निम्तो
काठमाडौं- लण्डनमा रहेकी अभिनेत्री मनीषा कोइरालाले त्यहाँका प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमणको लागि निम्ता गरेकी छन् । मंगलबार भएको भेटमा उनले ऋषिलाई नेपाल आउन र सगरमाथा क्षेत्रको पदयात्रा गर्न अफर गरेकी हुन् ।
नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धको १०० औं वर्षगाँठ मनाउन बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनकले समारोह आयोजना गरेका थिए । साेही कार्यक्रममा मनीषाले सुनकसँगको भेटका तस्बिर र भेटमा भएको कुराकानीबारे पोस्ट गरेकी छन् ।
प्रधानमन्त्री सुनकलाई आफूले सगरमाथा आधार शिविरको पदयात्राका लागि निम्तो गरेको मनीषाले उल्लेख गरेकी छन् ।