संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक आज


काठमाडौं – सहकारीको ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान ९ बजे बैठक बस्ने तय भएको छ । सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन ।

गत शनिबार बसेको शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् ।

सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।

प्रतिक्रिया