
बागमतीका ६ संसदीय समिति सभापतिद्वारा शपथ ग्रहण
काठमाडौँ – बागमती प्रदेश संसदीय समितिका नवनिर्वाचित ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भुवनकुमार पाठकले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
प्रदेश मामिला समिति सभापति छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समिति सभापति श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समिति सभापति नुरज बज्राचार्य र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले शपथ ग्रहण गरेका हुन् ।
प्रदेश मामिला समिति सभापति लामा र सार्वजनिक लेखा समिति सभापति लामिछाने काँग्रेस प्रदेश सभा सदस्य हुन् ।
उद्योग पर्यटन तथा वातावरण समिति सभापति श्रेष्ठ एमाले, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ढकाल माओवादी केन्द्र, अर्थ तथा विकास समिति सभापति बज्राचार्य राप्रपा र विशेषाधिकार समिति सभापति शर्मा एकीकृत समाजवादीका सांसद हुन् ।



कागजपत्र |
