मोटरसाइकल दुर्घटनामा गाउँपालिकाका ओभरसियरको मृत्यु


विराटनगर –  मोरङको ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सब इन्जिनियरको मृत्यु भएको छ ।

सुन्दरहरैँचाको हरैँचाबाट विराटनगरतर्फ आउँदै गरेको को १ ब १३८४ नम्बरको सरकारी मोटरसाइकल ग्रामथान गाउँपालिका–५ तेतरिया चोकमा आइतबार राति बजेतिर दुर्घटनामा परेको हो ।

ना ५ ख ७०७९ नम्बरको टिपरको पछाडिको भागमा मोटरसाइकल ठोक्किर दुर्घटना हुँदा चालक ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।  खान ग्रामथान गाउँपालिकाका सब इन्जिनियर (ओभरसियर) हुन् ।

सप्तरी घर भएका उनी विराटनगर महानगरपालिका–१ मा डेरा बस्दै आएका थिए ।

प्रतिक्रिया