तीन जिल्लामा नयाँ सिडिओ, कुन–कुन जिल्लामा को–को गए ?


काठमाडौं – गृह मन्त्रालयले ३ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा तथा पदस्थापन गरेको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार गृहमन्त्री रवि लामिछानेले बाँके, बाग्लुङ र पर्वतका सिडिओहरुको सरुवा तथा पदस्थापन गरेका हुन् ।

यसअघि बाग्लुङमा कार्यरत खगेन्द्रप्रसाद रिजाललाई जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ भने बागलुङमा नेत्रप्रसाद सुवेदीलाई पठाइएको छ ।

त्यस्तै पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ ।

प्रतिक्रिया