सरकारलाई दिएको समर्थनबारे अनिर्णित माओवादी, २४ घण्टा वित्यो तर एमाले प्रवेश गरेका नेतालाई ‍भएन कारवाही


काठमाडौं – नेकपा एमालेमा सामेल भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित २३ जनालाई अझै कारबाही नभएको नेता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

माओवादीका तर्फबाट सरकारमा सामेल भएका मन्त्रीहरुलाई शनिवारको स्थायी कमिटी बैठकले स्पष्टिकरण सोधेको थियो।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आइतवार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टिकरण् सोधेको पत्र बुझेको २४ घण्टा भित्र जवाफ नदिए कारवाही हुने भनिएता पनि अहिले कुनै निर्णय नगरिएको नेता श्रेष्ठले जानकरी दिए।

आजको बैठकले मन्त्री पदमा रहेका कमरेडलाई अहिलेसम्म पनि कारवाही गरेको छैन्। पार्टीका केन्द्रीय कमिटीका कतिपय साथीहरु अर्को पार्टीमा रहेको भन्ने सार्वजनिक भएको छ, उनले भने। आजको बैठकले पनि सरकारको समर्थन फिर्ता नलिएको श्रेष्ठले बताए।

केन्द्रीय कमिटीको बैठक सोमवार ११ बजे बस्नेगरी सकिएको श्रेष्ठले बताए। भोलि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन्।

प्रतिक्रिया