शिक्षकले मासिक रूपमा तलब पाउने


काठमाडौं – सरकारले शिक्षकलाई मासिक रूपमा तलब प्रदान गर्ने घोषणा गरेको छ।

हाल सरकारले त्रैमासिक रूपमा तलब दिँदै आएकोमा त्यसलाई परिमार्जन गर्ने घोषणा गरेको हो।

मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा उल्लेख गरेका हुन्।

समयमै तलब नपाएको भन्दै शिक्षकहरूबाट गुनासो आइरहँदा सरकारले यस वर्षको नीति तथा कार्यक्रमबाट त्यसलाई सम्बोधन गर्न लागेको हो।

प्रतिक्रिया