सरकारले नयाँ स्टार्टअपलाई प्राथमिकता दिने


काठमाडौं – सरकारले नयाँ स्टार्टअपलाई प्राथमिकता दिने भएको छ ।

त्यसका लागि एक हजार युवालाई सहुलियत कर्जा दिने सरकारले घोषणा गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक हजार युवालाई स्टार्टअप गर्नका लागि सहुलियत कर्जा दिने बताए ।

गरिब घर परिवार पहिचान गरिने

सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ । संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब लक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने बताएका हुन् । उनले भने, ‘पहिचान भइएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको स्थानीय बिमा गरिने तथा विद्यूतीय चुलो, ट्युवेललगायत सामग्री उपलब्ध गराइनेछ ।’

प्रतिक्रिया