अब सर्वोच्च अदालतमा अनलाइनबाटै रिट दर्ता गर्न पाइने


काठमाडौं- अब सर्वोच्च अदालतमा अनलाइनबाटै रिट निवेदन दर्ता गर्न पाइने भएकाे छ ।

मंगलबारदेखि सर्वोच्चले अनलाइन माध्यमबाटै पनि निवेदन दर्ता गर्ने सुविधा दिन लागेको हो । यसअघि कानुन व्यवसायी र सरोकारवालाले अदालतमै गएर निवेदन दर्ता गर्नुपर्ने  व्यवस्था थियाे ।

सर्वोच्च अदालतका रजिष्टार विमल पौडेलका अनुसार मंगलबार दुई सफ्टवेयरमार्फत अनलाइनबाट रिट दर्ता सुरु भएको छ । तत्कालका लागि अनलाइनबाट रिट दर्ता भएपछि अरु कागजात भौतिक रुपमा मागिने बताइएकाे छ ।

यो व्यवस्थाले काठमाडौं बाहिरका सेवाग्राहीलाई सहज हुने विश्वास लिइएकाे छ ।

प्रतिक्रिया