मन्त्रिपरिषद् बैठकः सरकारको नीति तथा कार्यक्रम पारित


काठमाडौं – सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ ।

केही बेर अघि बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पारित गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै आजको बैठकले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना पनि पारित गरेको शर्माले बताइन् ।

‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२-२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि राष्ट्रिय योजना आयोगले हिजो मन्त्रिपरिषद्मा पठाएको थियो ।

मन्त्रिपरिषद्बाट पारित भएको नीति तथा कार्यक्रम दिउँसो राष्ट्रपति रामचन्द्र्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदको संयुक्त बैठकमा पेश गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया