

कांग्रेसले नीति तथा कार्यक्रम पेस गर्न दिने, त्यसपछि के होला ?

काठमाडौं — नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ ।
एक नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न नदिने रणनीति कांग्रेसले अपनाएको छ ।
जारी कांग्रेस संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय गर्ने छ ।
आज दिउँसो तीन बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

