

काठमाडौंमा ह्वीलचियरसहितको र्याली, चक्काजाम

काठमाडौं- अपांगता भएका व्यक्तिहरूले आज काठमाडौंमा १५ मिनेट चक्काजाम गरी दबाबपूर्ण र्याली निकालेका छन् ।
सरकारले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै उनीहरूले र्याली निकालेका हुन् ।
शान्ति वाटिकामा भेला भएका उनीहरूले भद्रकालीमा पुगी कार्यक्रम सञ्चालन गरेका छन् ।

