कतार एयरको विमान नजिक हेलिकप्टर पुर्‍याएका पाइलट कारबाहीमा


काठमाडौं – अवतरण गर्न लागेको कतार एयरलाइन्स नजिक हेलिकप्टर लगेर जोखिम निम्त्याउने हेलिकप्टरका पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिरकणले कारबाही गरेको छ ।

१८ वैशाखमा अवतरण गर्नै लागेको कतार एयरलाइन्सनको विमान नजिकै हेलिकप्टर पुर्याएका सिम्रिक एयरका पाइलट रानेश डंगोललाई हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले कडा कारबाही गर्ने भएको हो । प्राधिकरणले सोही दिन (१८ वैशाख)देखि नै हेलिकप्टर उडाउन रोक लगाएको (ग्राउण्डेड) हेलिकप्टरका पाइलटलाई ६ महिनासम्म ग्राउण्डेड गर्ने भएको छ।

प्राधिकरणको एक अध्ययन समितिले डंगोलले लापरवाही गरेको र हवाई उड्डयनमा ठूलो जोखिम निम्तनसक्ने गरी हेलिकप्टर उडाएको भन्दै कारबाही गर्न प्राधिकरणका महानिर्देशकसमक्ष सिफारिश गरेको छ । प्राधिकरणको महानिर्देशक स्तरीय निर्णयबाट हेलिकप्टरका पाइलट डंगोललाई हवाई उडानमा रोक लगाउनेगरी कडा कारबाही गर्ने भएको हो ।

प्राधिकरणका अनुसार लुक्लाबाट काठमाडौं आएको सिम्रिक एयरको हेलिकप्टर उक्त दिन त्रिभुवन विमानस्थलको हेलिप्याडमा अवतरण गर्नुपर्नेमा अवतरणै नगरी ललितपुरमाथिको आकाशमा पुगेको थियो । सोही समयमा कतार एयरलाइन्सको जहाज अवरण गर्दै गरेकोले उक्त हेलीसँग ठोक्किनबाट संयोगले बचेको थियो ।

प्रतिक्रिया