रुकुममा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु


सुर्खेत- रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट –१४ छेपारेमा  दुर्घटना भएको हो ।

दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नवराज पोखरेलले  बताएका छन् ।

घाइतेहरूलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको छ ।

प्रतिक्रिया