

मुख्यमन्त्री जम्कट्टेलको नर्भिकमा उपचार हुँदै

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई काठमाडौं ल्याइएको छ ।
अहिले उनलाई काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनको प्रेसर कम भएको र अक्सिजन लेभल कम देखिए पछि उनलाई उपचारका लागि नर्भिक अस्पताल पुर्याइएको हो ।
मुख्यमन्त्री जम्कट्टेल रामेछापको मन्थली नगरपालिका-३ स्थित लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गर्दा बेला अस्वस्थ भएका हुन् ।

