

जुम्लामा भीरबाट खसेर ७० भेडा मरे

जुम्ला- जुम्लामा भीरबाट खसेर ७० वटा भेडा मरेका छन् । भेडाहरुको बथानमा भालु पसेपछि तर्सिएर भागेका भेडाहरु भीरबाट खसेर मरेका हुन् ।
भागेका एक सय दुई वटा भेडा भीरबाट खसेका थिए । जस मध्ये ७० भेडा मरेको जुम्ला तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमर रोकायाले जानकारी दिए । बारागाउँका स्थानीय मगे रावत र सिउल रावत भेडा मरेको भेटिएका छन् ।

