

ओलीको एकल निर्णयबारे छलफल गर्न नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले आज ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ।
शुक्रवार साँझ केपी शर्मा ओलीले एकलौटी ढङ्गले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएर शनिवार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।
खनाल-नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वानसमेत गरेको छ ।

