
प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । आयोगले गाउँपालिका ४ का तत्कालीन वडाध्यक्ष कृष्णबहादुर खत्री, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुङ्गाका तत्कालीन इन्जिनियर नवीन श्रेष्ठ, तत्कालीन सवइन्जिनियर लोकबहादुर ठकुराठी, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा, सचिव पदमबहादुर कटवाल र कोषाध्यक्ष मिठुमाया गुरुङलाई पनि प्रतिवादी बनाएको छ ।
उनीहरुहरुले आर्थिक वर्ष २०७४-७५ मा सञ्चालित विपी चोक, मिश्रभञ्ज्याङ्ग, जौखोरिया, सिलुङ्ग, चिलाउने र फतानेवारी सडक खण्ड निर्माण कार्यभन्दा बढी तथा साइटमा काम नै नगरेको परिमाणको झुट्टा बिल भरपाई एवं कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेको भन्दै प्रतिव्यक्ति नौ लाख ४४ हजार १९५ बिगो दाबी कायम गर्दै मुद्दा दायर गरिएको आयोगको दाबी छ ।



कागजपत्र |
