नेपाल टेलिकमले ल्यायो अफरै अफर


काठमाडौं-  राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नेपाल टेलिकमले विभिन्न अफर ल्याएको छ । वैशाख २० गते मनाउन लागिएको दिवसको अवसरमा ल्याइने यो अफर आज बुधबारदेखि वैशाख २१ सम्म लागू हुनेछ ।

अफरअन्तर्गत  ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

डाटा प्याकेज अन्तर्गत रु १११ मा ५ दिन चलाउन सकिने ६ जीबी डाटा, रु १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

यस्तै ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक  लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।  पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

यी प्याकेजहरु खरिद गर्न आफ्नो मोबाइलबाट *1415*11# डायल  वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया