
गोदावरी डढेलोमा परेका अर्का घाइतेको पनि मृत्यु
काठमाडौं – ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक बनमा डढेलो निभाउन जाँदा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु भएको छ ।
गोदावरी–४ घर भएका ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए ।
मङ्गलवार डढेलोमा परेर घाइते भएका उनलाई उपचारका लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा राखिएको थियो । सो जङ्गलमा आगो निभाउन गएका ३५ वर्षीय शङ्कर पहरीको मङ्गलवार मृत्यु भएको थियो ।
ललितपुरको तपेश्वर, लेले र आनन्दवन सहित ११ ठाउँमा डढेलो लागिरहेको छ । डढेलो अझै नियन्त्रणमा नआएको एसपी सुवेदीले जानकारी दिए ।



कागजपत्र |
