

काभ्रेकाे जंगलमा काटियो गाई, २ महिलासहित ३ जना पक्राउ

काठमाडाैं- नेपालको संविधानले निषेध गरेकाे गौहत्या गरि बोरामा मासु बोकेर हिँड्दै गरेका तीजना पक्राउ परेका छन् ।
सोमबार साँझ काभ्रेकाे धुलिखेल नगरपालिका-१२ ठूलीचौर जंगलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका- ११ जिमिरेका ५६ वर्षीय इन्द्र बहादुर तामाङ, काभ्रेकै चिल्ले घर भएकी ३५ वर्षीया शान्ता लामा र झापा घर भई काभ्रेको डाँडा कटेरी माइत भएकी २६ वर्षीया ठूली तामाङ छन् ।
ठूलीचौर जंगलमा गाई काटेर बोरामा मासु लिएर नमोबुद्ध- ११ तर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट गाईको छाला र खुट्टाहरु पनि बरामद भएको प्रहरीको भनाई छ ।

