जुगल-७ का वडाध्यक्ष तामाङ कार्यालयबाटै पक्राउ


सिन्धुपाल्चोक – जुगल गाउँपालिका–७ का वडाध्यक्ष रवि तामाङ बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । प्रहरीले नक्कली सेवाग्राहीका रुपमा गएर तामाङलाई आइतबार पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको वडाध्यक्ष तामाङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जिव यादवको नेतृत्वमा खटिएको टोलीले वडा कार्यालयबाटै पक्राउ गरेको हो ।

पक्राउपछि तामाङलाई जिल्ला अदालत पेश गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए । जरिवाना तिरेको खण्डमा ३ दिनभित्र रिहाइ हुने र जरिवाना तिर्न नसकेमा दैनिक ३ सय रुपैयाँका दरले कट्टी हुनेगरी जेल नै बस्नुपर्ने जिल्ला अदालत सिन्धुपाल्चोककी तहसिलदार कल्पना अर्यालले बताईन् ।

 

प्रतिक्रिया