सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइने सूचीमा


काठमाडौँ – नेपाली क्रिकेटर सदस्य सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दा आइतबार हेर्न नभ्याइनेमा परेको छ।

आजलाई पेसी तोकिएको उक्त मुद्दाको सुनुवाइ वैशाख २३ गते आइतबारलाई सरेको छ।

न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो। तर इजलासले उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो।

काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर गरेपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्।

प्रतिक्रिया