

क्रोएसियामा राजदूतावास स्थापना गर्न माग

काठमाडौं- क्रोएसियामा नेपाली राजदूतावास स्थापनाको माग गरिएकाे छ । क्रोएसियामा विगत लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका दावा लामाले एनआरएनए क्रोएसिया तथा त्यहाँ रहेका नेपाली समुदायहरूको प्रतिनिधित्व गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् ।
हाल क्रोएसियाको लागि अस्ट्रियामा रहेको दूतावासले सहजीकरण गर्दै आइरहेकाे छ ।

