

गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा गरेको गरेको छ ।
मन्त्रालयले यसअघि बागमती प्रदेश प्रहरी प्रमुख रहेकी चन्दलाई गण्डकी प्रदेश प्रमुख बनाएको हो ।
गृहले डिआइजी चन्दसहित अन्य ६ एसएसपीको पनि सरुवा गरेको छ ।
उमेरहदका कारण गण्डकी प्रहरी प्रमुख डीआईजी विकासराज खनालले अवकाश पाएसँगै उनको ठाउँमा डीआईजी सिंहलाई पठाइएको हो ।

