एक दर्जन बढी ऐन अध्यादेशमार्फत संशोधन गर्ने सरकारको तयारी


‍काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दर्जन भन्दा बढी ऐनहरू अध्यादेशमार्फत संशोधन गर्न लागिएको बताएका छन्।

‘प्रचण्ड’ले भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारेमा निर्णय गर्नेसमेत बताएका हुन्। नेपालमा लगानीमैत्री वातावरण तयार पार्न ती ऐनहरू अध्यादेशमार्फत ल्याउन लागिएको प्रधानमन्त्री ‘प्रचण्ड’ले बताए।

‘लगानीमैत्री वातावरण तयार पार्न हामीले क्याबिनेटबाट केही ऐनहरू अध्यादेशबाट ल्याउँदैछौं, लगानीकर्तालाई पनि र देशभित्रका निजी क्षेत्रलाई पनि आकर्षित गर्न र प्रोत्साहित गर्न सम्भवतः एक दर्जन ऐन अध्यादेशमार्फत संशोधन गरेर ल्याउदैछौं, सोमबारको क्याबिनेट बैठकबाट यसबारे आवश्यक निर्णय हुन्छ,’ उनले भने।

प्रतिक्रिया