
रूघाखोकी लागेपछि ओली परिषद् बैठकमा गएनन्
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा जारी रहेको बेला ओली अस्वस्थ भएका हुन् ।
उनको सचिवालयले दिएको जानकारी अनुसार ओलीलाई रूघाखोकी लागेको छ र संक्रमणको जोखिमले निवासमै आराम गरिरहेका छन् ।
अध्यक्ष ओली अस्वस्थ भएपछि जारी महाधिवेशन प्रतिनिधि परिषद्को अध्यक्ष वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन् ।



कागजपत्र |
