
अहिलेको समीकरण पुरै कार्यकाल चल्छ : प्रधानमन्त्री प्रचण्ड
कैलाली- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले-माओवादीसहितको समीकरण पूरै अवधि जाने प्रष्ट पारेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आएका प्रधानमन्त्री दाहालले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अहिलेको गठबन्धनलाई राजनीतिक सत्ता समीकरणका रुपमा बुझ्न आग्रह गरे ।
प्रधानमन्त्रीले भने, ‘बजारमा गठबन्धनलाई लिएर अनेक खालका चर्चा भइरहन्छन्, तर अहिले कुनै समस्या छैन, यो पुरै कार्यकाल जान्छ ।’
उनले तत्काल वामपन्थी एकता पनि सम्भव नभएको बताए । ‘राम्रो काम हुँदै गयो, छलफल हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्ने एक ठाउँमा हुने सम्भावना बढ्दै जान्छ’ दाहालले भने, ‘अहिले वामपन्थी एकता होइन, राजनीति सत्ता समीकरणको रूपमा मात्र हेरौं ।’



कागजपत्र |
