

नारायणबहादुरले गरे आफ्नै १७ वर्षीया छोरीको हत्या

बुटवल- बुटवलमा एक बुवाले आफ्नै छोरीको हत्या गरेका छन् । रूपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवा घर भएका ४८ वर्षीय नारायणबहादुर जिसीले आफ्नै १७ वर्षीया छोरी अन्जलीको हत्या गरेका हुन् ।
उनले बुटवल उपमहानगरपालिका–९ इटाभट्टीस्थित एक होटेलमा बुधबार साँझ छोरीको हत्या गरेको प्रहरीले जनाएको छ । साथीलाई भेटन हिँडेकी छोरी साँझसम्म घर नफर्केपछि नारायण छोरी खोज्न बुटवल आएका थिए । बुटवलमा छोरी भेटेपछि उनीहरू होटेलमा बसेको प्रहरीले जनाएको छ ।
बुवाले घर जाऊ भन्दा छोरीले नमानेपछि रिसको झोंकमा रड प्रहार गरी हत्या गरेको बुवाले स्विकारको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

