

महालेखा परीक्षकमा तोयम राया नियुक्त

काठमाडौं- महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पाैडेलले नेपालकाे संविधानकाे धारा २४० काे उपधारा(२) बमाेजिम रायालाई महालेखा परीक्षकमा नियुक्त गरेका हुन् ।
मंगलबार बिहान बसेकाे सुनुवाइ समितिले महालेखा परीक्षकमा रायालाई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेकाे थियाे ।
राय पूर्व अर्थसचिव हुन् ।

