
आइपिएलमा नाइट राइडर्सलाई २ विकेटले हराउँदै राजस्थान विजयी
काठमाडौं- इन्डियन प्रिमियर लिग (आउपिएल) अन्तर्गत मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ ।
सुरुवाति ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको थियो । २२४ रनको विजय लक्ष्य पछ्याएको राजस्थानले ८ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै २ विकेटको जित निकालेको हो ।
कोलकाताका सुनिल नारायणले १०९ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । जवाफी ब्याटिङमा उत्रिएको राजस्थानका जस बट्लरले १०७ रनको शतकीय पारी खेलेका थिए ।
जारी सिजनमा ७ खेल खेलेको राजस्थान ६ खेलमा जित निकाल्दै १२ अंकका साथ शीर्ष स्थानमा छ । ६ खेल खेलेको कोलकाताले ४ खेलमा जित निकाल्दै दोस्रो स्थानमा छ ।



कागजपत्र |
