
सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा दीर्घ सोडारीकाे दाबी
कैलाली- सत्ता गठबन्धनका चार दलहरुबीच बैठकले समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।
नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र समाजवादीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । एसलाई मुख्यमन्त्री दिएर सत्ता गठबन्धनकाे संकट टार्न नागरिक उन्मुक्ति पार्टी नाउपासमेत सकारात्मक भएकाे छ ।
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले एकीकृत समाजवादीले यसअघि मुख्यमन्त्री पदमा लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको बताए । एकीकृत समाजवादी सुदूरपश्चिमका संसदीय दलका नेता सोडारीले आफैँ मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गर्दै समर्थन फिर्ता लिएका हुन् ।
सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि नाउपाका कैलाश चाैधरी र लक्ष्मणकिशाेर चाैधरीले दाबी पेस गरेका थिए । अब एसका नेता दीर्घ साेडारीलाई मुख्यमन्त्री बनाउन कानुनी छिद्रकाे खाेजी भइरहेकाे छ । कानूनी प्रक्रिया पूरा हुनासाथ मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्।



कागजपत्र |
