
सहकारी ठगी आरोपमा पक्राउ परेका पुनमाथि सुन प्रकरणमा पनि अनुसन्धान हुने
काठमाडौं – सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनमाथि सुन तस्करी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ ।
पक्राउ परेर इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका पुनमाथि अनुसन्धान गर्नु भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पत्राचार गरेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका पुन छुटेमा वा पुर्पक्षका लागि कारागार चलान हुने आदेश भएमा पनि सीआईबी पठाइदिन भन्दै पत्राचार भएको खुलेको हो ।
सीआईबीले २४ चैतमा रुपन्देही प्रहरीलाई पत्राचार गर्दै सहकारी ठगी प्रकरणको अनुसन्धान सकिएपछि पुनलाई काठमाडौं पठाउन भनेको छ ।
सहकारी ठगी प्रकरणमा पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदै सोमबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध ६ करोड १ लाख २३ हजार ७५४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।



कागजपत्र |
