स्याङ्जामा परीक्षा दिएर फर्कदै गरेका विद्यार्थीको बसबाट खसेर मृत्यु


स्याङ्जा- स्याङ्जाको वालिङमा बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ ।

वालिङ नगरपालिका–१३ स्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ६८९७ नम्वरको बसबाट खसेर परीक्षा दिएर फर्कदै गरेका विद्यार्थी अमित शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक पावलसिंह लामाले जानकारी दिए ।

सर्लाहीको मलङ्गवा नगरपालिका–६ घरभई वालिङ नगरपालिका–१ स्थितरणविर जनहित माविमा ईलेक्ट्रिक ईन्जिनियरमा अध्ययनरत २० वर्षीय शाह बसको ढोकाबाट खसेको र सोही बसको टायरले किचेको प्रहरीले जनाएको छ ।

यस्तै, घटनाबारे अनुसन्धान भइैरहेको छ ।

प्रतिक्रिया