डोल्पामा आगलागीमा परी घाइते भएका तीनै बालकको मृत्यु


डोल्पा- हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक बनको आगलागीमा परी घाइते भएका तीनै जना बालकको मृत्यु भएको छ ।

गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।

जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको शुक्रबार र दुई जनाको उचारकाको क्रममा काठमाडौंमा मृत्यु भएको उनले बताए । काठमाडौंमा मृत्यु हुनेमा १२ वर्षीय बिवस बुढा र १३ वर्षीय समन्त बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

गाउँ नजिकै रहेको बनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया