
एसीसी प्रिमियर कपमा नेपालले आज कतारसँग खेल्ने
काठमाडौं- एसीसी प्रिमियर कपमा आज नेपालले कतारसँग खेल्दैछ । ओमानमा हुने खेल नेपाली समय अनुसार पौने ४ बजे शुरु हुने छ ।
नेपालले प्रिमियर कपको पहिलो खेलमा हिजो मलेसियालाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ । कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले पराजित भएको छ ।
१० टिम सहभागी प्रतयोगिताको समूह एमा नेपाल र मेलसियासँग हङकङ, कतार र साउदी अरेबिया छन् । उपाधि जित्ने टिम सन् २०२५ को एसिया कपका लागि छनोट हुनेछ ।



कागजपत्र |
