

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउन आवश्यक तयारी पूरा

काठमाडौँ – ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्णकालीन खुल्ला गर्न आवश्यक सुरक्षा लगायतका व्यवस्था पुरा भएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वैशाख १ गतेदेखि काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सैं घण्टा व्यवसाय सञ्चालनका लागि आवश्यक सुरक्षा लगायतका व्यवस्था पुरा भएको जानकारी दिएका छन् ।
व्यवसायी, उपभोक्ता तथा श्रमिकहरूले पालना गर्नुपर्ने आचारसंहिता तथा मापदण्डसमेत स्वीकृत समेत भइसकेको जनाएका प्रजिअ बस्नेतले त्रुटिरहित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए ।
स्थानीयहरूको धेरै बसोबास रहेका रहेका क्षेत्रमा तत्काल पूर्णकालीन व्यवसाय गर्न नपाइनेसमेत जानकारी दिँदै बाँकी क्षेत्रमा भने वैशाख १(भोली) देखि लागू हुने जनाइको छ ।

