संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य गर्ने निर्णय


काठमाडौं- सरकारले संघीय संसदकाे हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषदकाे बैठकले यस्ताे निर्णय गरेकाे सरकारकी प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

२०८१ वैशाख २ गते राति १२ बजेदेखि लागू हुनेगरी संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको शर्माले बताइन् ।

संसद्को हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो ।

प्रतिक्रिया