यसरी हुँदैछ धोवीखोलाको सरसफाइ


काठमाडौं– आजभोलि धमाधम धोवीखोला सरसफाइ गर्ने काम भइरहेको छ । काठमाडौं महानगरले श्रम बैङ्कबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालेको हो ।

अहिले सेतो पुलदेखि एक टोली र अनामनगरदेखि माथि एक टोली बनाएर उनीहरुले सरसफाइ गरिरहेका छन् ।

गत चैत १८ गते देखि धोवीखोला अथवा रुद्रमती र बागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ सुरु भएको थियो । सरसफाइ हरेक दिन बिहान ७ बजेदेखि अपराह्न २ बजेसम्म हुनेछ ।

प्रतिक्रिया