

डेढलाख घुससहित पोखरा महानगरका इन्जिनियर पक्राउ

पोखरा – पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरमा कार्यरत इन्जिनियर उषाकिरण रोकायालाई डेढ लाख रुपैयाँ घुससहित राति पक्राउ गरेको हो ।
पोखरा ५ पर्स्याङबाट उनी पक्राउ परेका हुन् । उनी पक्राउ परेको अख्तियार पोखराका प्रमुख आसमान तामाङले पुष्टि गरे ।

