आज पनि बढ्यो सुनको मूल्य


काठमाडौं– नेपाली बजारमा आज पनि  सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो ।

सोमबार छापावाल सुन तोलाको १ लाख ३६ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया