सन्दीपको मुद्दामा झगडिया झिकाउन उच्चको आदेश


काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनमा आजको सुनुवाई सकिएको छ ।

न्यायाधीश नृपध्वज निरौलाका एकल इजलासमा सुनुवाईपछि न्यायाधीश निरौलाले झगडिया झिकाउन आदेश दिएका छन् ।

पुनरावेदन मुद्दामा यदि झगडिया झिकाइनु (झझी) एउटा औपचारिक प्रक्रिया हो । यदि तल्लो तहको अदालतले गरेका फैसलामाथि न्यायाधीशले पुनरावलोकन आवश्यक देखेको खण्डमा झझीको आदेश गर्ने गर्छन् ।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई कैद र सजायको आदेश दिएपछि सन्दीपको पक्ष उच्च अदालत पाटन पुगेको हो ।

प्रतिक्रिया