

सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिएका छन् । विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजीर मियाँलाई राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्री शाहले बिहीवार ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक स्थगित गरिएको थियो। त्यसपछि ५ बजेका लागि बैठक डाकिएकोमा मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले उनी अल्पमतमा थिए । सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट ३० दिन भित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ ।

